एनभिए लिगका लागि गण्डकीको टोली घोषणा, रवि टोलीमा फर्किए
पाेखरा | जेठ १८, २०८१
पोखरा: काठमाडौंमा भोलिदेखि सुरु हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगका लागि गण्डकीको पुरुष टोलीको घोषणा गरेको छ । गण्डकी प्रदेश भलिबल संघले खोम प्रसाद पाण्डेय (हरि)को कप्तानीमा १२ सदस्यीय टोलि घोषणा गरेको हो ।
गण्डकी प्रदेश भलिबल संघले आठौं प्रधानमन्त्री भलिबल कपमा तीन भारतीय खेलाडीसमेत समावेश गरेको छ । भने, केही महिना मात्र वैदेशिक रोजगारीका लागि जापान गएका गण्डकीका खेलाडी रवि केसी टिममा फर्किएका छन् ।
गण्डकीको टिमा खोम प्रसाद पाण्डेय (हरि) कप्तान, मोहन उक्रपाण्डियन, रमन कुमार, सहया एन्थोनी राज सन्तोष, सुजन चोखाल, रवि केसी, हिमाल सुनारी मगर, इन्द्र विक, विश्वास अधिकारी, जीवन सुनार, राजन दर्लामी मगर र कुञ्जन शाही छन् ।
यस्तै टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा किरण गुरौं र व्यवस्थापकमा सन्तोष विक रहेका छन् ।
जेठ १९देखि २६ गतेसम्म सञ्चालन हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिम छनोट भएका थिए ।
खेल तालिका

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

